मकवानपुरमा बाल बिवाहको समस्या बिकराल
मकवानपुरमा बाल बिवाहको समस्या बिकराल रहेको सरोकारवालाहरुले बताएका छन ।
आज हेटौडामा नागरीक समाजको पारस्परीक जवाफ देहिता नामक बैठकका सहभागीहरुले यस्तो बताएका हुन ।
सिविन बाल हेल्प लाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले मकवानपुरमा ५० प्रतिशत भन्दा धेरै बाल बिवाह सम्बन्धीत निकाएको क्रियाशिलतामा रोक्न सकिने बताउनु भयो ।
मकवानपुरका केहि गाँउपालिकाहरुमा अझै कक्षा सात देखि १० सम्मका बालबालिकाहरु एउटै कक्षाका मात्र ७ जनाको दरले बिद्यालय छोड्ने गरेको बताउदै यसको प्रमुख कारण बाल बिवाह भएको ज्ञवालीले बताउनु भयो ।
यस्तै अस्मीता नेपालकि मकवानपुर जिल्ला संयोजक आरति पाठकले बाल बिवाहकै कारणले धेरै महिलाहरुले घरेलु् हिंसा सहन बाध्य भएको बताउनु भयो । यस्ता बिषयहरुमा नागरीक समाजले काम गर्नु पर्ने सरोकारवालाहरुले बैठकमा धारण ब्यक्त गरेका थिए ।
बैठकमा खाद्य सुरक्षाको बिषय लगायत सुसाशनको बिषयमा समेत नागरीक समाज सक्रिय भएर लाग्नु पर्ने सरोकारवालाहरुले बताएका छन । साथै मकवानपुरमा स्थानिय तहहरुमा शुसासन निति बनाउन सल्लाह दिने उदेश्यले ५ सदस्यीय समिति समेत गठन गरीएको छ ।
बैठकमा डेक नेपालका परीयोजना निर्देसक पंकज राज देवकोटा मकवानपुर संयोजक मान बहादुर वाइवा सहित नागरीक समाज मन्चका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।