जाेखिमयुक्त बस्तिमा परेका २६ लाभग्राही मध्ये २५ जनाकाे स्थानान्तरण

छहारी संवाददाता
कार्तिक ४, २०७६

पुनर्निर्माणका सहजिकरण समितिकाे अाज वसेकाे बैठकले भिमफेदी गाँउपालिका १ र २ नं वडाका ५ घर जोखिमयुक्त बस्तिबाट स्थानान्तरणका लागि स्वीकृति प्रदान गरिएको छ ।

जिल्लामा जाेखिमयुक्त बस्तिमा परेका लाभग्राहीहरू २६ परिवार रहेकामा यसअघि जिल्लाका २० लाभग्राहीको आवास स्थानान्तरणको निर्णय भइसकेको र १ लाभग्राहीको मात्र स्थानान्तरण हुन बाँकी रहेको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

अाज बसेकाे नियमित वैठकले मकवानपुरमा रहेका भुकम्प लाभग्राहीको निजी आवासलाई तिव्र रुपले निर्माण गराउन कार्तिक मसान्त सम्म पुनर्निर्माण सम्पन्न गर्ने योजना पारित गरेको छ ।

जिल्ला समन्वय समिति मकवानपुरमा प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको समक्षिा बैठकले यस्तो निर्णय गरेको हो ।

बैठककमे निर्णय समणवनणधमा जानकारि गराउँदै समृितिका प्रमुख खुलाल भन्नुहुन्छ-" पहिलो किस्ता लिई आवास निर्माण नगराउनेहरूलाई पैसा फिर्ता गर्न स्थानीय सरकार मार्फत निर्देशन दिने समेत निर्णय गरेको छाै ।" भुकम्प प्रभावितहरूले रकम फिर्ता गर्लान त भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ हालसम्म १४ जनाले फिर्ता गरिसकेको र बाँकीलाई पनि फिर्ता को लागि सुचना जारी गर्दछाै ।

यस्तै बैठकले जिल्लाको भुकम्प निर्माण सम्बन्धी तथ्याङक व्यवस्थित हुनुपर्ने निर्देशन समेत दिएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी , मालपोत कार्यालय हेटौंडाका प्रमुख नवीन अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*