रवि र युवराजलाई उपचारका लागि विदेश जान अनुमति लिनु नपर्ने
सञ्चारकर्मी रवि लामीछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जान अनुमति लिनु नपर्ने भएको छ ।
आज हेटौडामा रहेको उच्च अदालत पाटन हेटौडामा भएको बहसले लामिछाने र कँडेललाई बिदेश जाँदा अनिवार्य अदालतको अनुमती लिनुपर्ने चितवन जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन हेटौँडा इजलाशले बदर गरिदिएको छ ।
आज न्यायधिश द्वय महेन्द्रनाथ उपाध्याय र चण्डीराज ढकालको इजलाशले विदेश जाँदा अदालतको अनिवार्य अनुमति लिनुपर्ने आदेश भने बदर गरिदीएको हो ।
चितवन जिल्ला अदालतबाट भएको विदेश जाने प्राबधान बाहेकका अन्य आदेश भने मिलेकै देखीएको भन्दै उच्च अदालतले सदर गरिदिएको हो ।
बिहीबार उच्च अदालत पाटन हेटौंडा इजलाशमा चितवन जिल्ला अदालतको थुनछेक आदेश बिरुद्ध सरकारी वकील सहीत रवि लामीछाने र युवराज कँडेलले छुट्टाछुट्टै निवेदन दिएका थिए ।
दुबै मुद्दा एकै विषयको भएको भन्दै एकै लगाउमा राखेर आज बहस भएको थियो ।
चितवन जिल्ला अदालतले सञ्चारकर्मी शालीकराम पुडासैनीको आत्महत्या प्रकरणमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।
यस्तै लामिछाने र कँडेललाई भने जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।