हेटौडामा आठ दिने व्यवसाय सचेतना तालिम सुरु

छहारी संवाददाता
कार्तिक १, २०७६

हेटौडामा आठ दिने व्यवसाय सचेतना तथा व्यवसाय शुरू गरौ र लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिम आजदेखी सुरू भएको छ ।

हेटौडा ३ मा केरा खेति गर्ने उद्देश्यले महिला सशक्तिकरण तथा गरिवि निवारण समूह नेपालले आजदेखि १७ जना महिलाहरू समेटेर तालिमको आयोजना गरेको हो ।

समुहकि अध्यक्ष ईन्दिरा न्यौपानेले तालिमवाट व्यवसायमा लाग्न मदत पुग्ने बताउनसभएको छ । हाल युवाहरूमा विदेश पलायन हुने वढ्दो परिपाटिलाई अन्त गर्न सकिने बताउनुहुँदै महिलाहरू समुहमा मिलेर काम गर्ने हो भने सफल भईने बताउनु भयो ।

कार्यक्रममा बोल्दै न्यौपानेले धेरै जसो घरमा आर्थिक कारणले नै झगडा पर्ने र महिलाले आयआर्जनका काम गरे आत्मनिर्भर बन्न सकिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर तीन अध्यक्ष राम कुमार पुडासैनिले तालिम लिएर मात्रै नहुने बताउदै यो तालिमले केरा खेतिमा लाग्न प्रेरणा मिल्ने बताउनु भयो ।

तीन नम्बर वडालाइ केरा खेतिबाट प्रसिद्ध बनाउनको लागि महिलाहरूलाई तालिम पश्चात् काम गर्न आग्रह गर्नु भयो । तालिमलाई रितेश यादब र टेक माया चौधरीले सहजिकरण गर्नु हुने छ ।

सहभागी १७ जना महिला मध्ये दुई जनालाई अटो मर्मत तालिम समेत दिईने आयोजकले जनाएको छ। कार्यक्रममा वडा नम्बर ३ सचिब गोमा सुवेदी,सदस्यहरु बिमला बर्तौला,शंकर राई,राधा बिश्वकर्मा लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*