नेपाल जोर्डनसँग ३–० ले पराजित

छहारी संवाददाता
अशोज २९, २०७६

फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ ।

पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा तीन गोल खाँदै पराजित भएको हो । 

जोर्डनले पहिलो गोल ५६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो । दिनेश राजवंशीले पेनाल्टी क्षेत्रभित्र विपक्षीलाई लडाएपछि प्राप्त पेनाल्टीमा फेरास सेल्बाएले गोल गरेका थिए ।

यस्तै खेलको ७८ औं मिनेटमा अहमद अल–एर्सानले गोल गरे भने खेल सकिन २ मिनेट बाँकी हुँदा बाहा फैसलले गोल गर्दै जोर्डनलाई जित दिलाए ।

नेपालको छनोट यात्रामा यो तेस्रो हार हो । नेपालको ४ खेलमा १ जित र ३ हारसहित ३ अंक रहेको छ ।

यसअघि नेपालले तीन खेलमा एक जित र मा २ हार ब्यहोरेको छ । पहिलो खेलमा कुवेतसँग सात शून्यको भारी अन्तरले हारेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग ५–० ले हारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*