जिप्रका मकवानपुरका प्रहरी सहित कैदीले मनाए विजयादशमी

छहारी संवाददाता
अशोज २२, २०७६

आज बडादशैको दशौं दिन विजयादशमी । आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको दिनको खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाइ मनाइएको छ । क्रमशः

दशै लागेसँगै चाडपर्व मनाउन भन्दै देशविदेशबाट आफन्तहरु घर फर्किरहेका बेला सुरक्षा निकाय, चिकित्सक, संचारकर्मी भने मुलुक र जनताको लागि भन्दै आफ्नो कार्यक्षेत्रमा खटिएका हुन्छन् ।

दशैको अवसरमा सरकारी तथा गैरसरकारी लगायतका अघिकांश कार्यालयका कर्मचारीको दशै विदा हुने गर्दछ। टिका जमरा लगाई ठुलाबडाको आर्शिवाद थापी सवै नेपालीले दशै मनाईरहदा प्रहरी भने अहोरात्र खटी सुरक्षा दिईरहेका छन् भने संचारकर्मीहरु पनि सुचना र सन्देश प्रवाहमै तल्लिन छन् ।

यसैबीच देशभर जस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि यस वर्षको विजयादशमी मनाएको छ । जिप्रका मकवानपुरका प्रहरी कर्मचारी सहित हिरासतमा रहेका कैदीलाई टीका लगाइदिएर विजयादशमी मनाएको हो ।

हिरासतमा रहेका ६० जना कैदीलाई जिप्रका मकवानपुरका एसपी मुकेश कुमार सिंहले टीका र जमरा लगाइ शुभआषिश दिनु भएको हो । साथै उहाँले कार्यालय भित्र मात्र नभई बजार क्षेत्रमा सुरक्षामा खटिएका प्रहरीलाई आफैं पुगेर टीका लगाइदिनु भएको थियो ।

उहाँ स्वयमले भने मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो ।

यस वर्षको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा थियो । यद्यपि दुर्गा भवानीको प्रसाद लगाउन दिनभरी नै आफ्ना मान्यजनहरुबाट ग्रहण गरिएको छ । दशैंको टीका पूर्णिमाको दिनसम्म लगाउने चलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*