करेन्ट लागेर आमा छोराको ज्यान गयो
हेटौंडा १७ राजदेवीमा करेन्ट लागेर आमा छोराको मृत्यु भएको छ । बुहारी घाइते भएकी छन् ।
विद्युत प्रवाह भइरहेको तार चुडिँदा बारीमा घाँस काटिरहेकी ५५ बर्षीय लेखमाया पराजुलीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार आमालाई बचाउन गएका २८ वर्षका मदन पराजुली, बुहारी २३ वर्षकी रेनुका पराजुलीलाइ पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका लेखमाया र मदनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मुत्यु भएको एसपी सिंहले जानकारी दिनुभयो । घाइते रेनुकाको उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।