विपन्न कार्यकर्तालाई राहत वितरण

छहारी संवाददाता
अशोज १८, २०७६

नेपाली कांग्रेसले हेटौँडा १५ मा पार्टीका विपन्न कार्यकर्तालाई राहत वितरण गरेको छ ।

नेपाली कांग्रेस हेटौँडा–१५ को आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा आज विपन्न कार्यकर्तालाई राहत वितरण गरेको हो ।

कांग्रेसका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार प्रभात दाहाल, रीता खनाल, क्षेत्रीय सभापति ताराप्रसाद चौलागाई, नगर सभापति आनन्दराम पराजुली लगायत जिल्ला तहका नेताहरुले राहत सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा दशैंलाई लक्षित गरेर पार्टीका विपन्न कार्यकर्तालाई खाद्य सामग्री, नुन, मरमसला लगायतका सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामासहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले पार्टीमा लागेपछि हुनेले नहुनेलाई सहयोग गर्नुपर्ने उदाहरण कांग्रेसले प्रस्तुत गरिदिएको भन्दै खुशी व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*