सुध्रिएनन् राजमार्गका होटलहरु, बासी सडेगलेका खानाको अझै प्रयोग (तस्विरहरु)

छहारी संवाददाता
अशोज १७, २०७६

भनिन्छ कुकुरको पुच्छर बार्ह्र बर्ष ढुङ्ग्रोमा राखेनि बाङ्गोको बाङ्गै हुन्छ । पुर्व पश्चिम राजमार्गमा रहेका लाईन होटलहरूको चाला पनि तेस्तै देखिन्छ ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय हेटौडाको नेतृत्वमा बर्सेनि होटलहरूको अवस्थाको निरिक्षण तथा सुधारका कुरा, साथै कारवाहिका प्रक्रिया समेत भईरहेका हुन्छन तर पुनस् अर्को वर्ष समेत अनुगमनका तेहि सुझावहरू प्रदान गर्दै हिड्नुपर्ने अवस्था छ ।

बासि सडेगलेका खानाको प्रयोग, सरसफाईमा न्युनतम सम्म समेत ध्यान नदिईएको, मूल्य शुचि राख्नुपर्ने कुरालाइ वेवास्ता गरिएको, पसलहरूमा दररेटमा समेत फरकपना देखा पर्ने कुराहरू सदाझै दोहोरि रहन्छन ।

आज मात्र हो भनेर बहाना बाजि गर्ने होटल व्यवसायिहरूलाई कारवाहिको प्रकियामा ल्याउन कानुनी प्रक्रिया प्रयाप्त नरहेको खाध प्रमुख सोमकान्त रिजालको भनाई छ ।

उहाँ भन्नुहुन्छ– 'नियामक निकायले मात्र गरेर कुनै पनि कुरामा सफलता प्राप्त गर्न सकिन्न त्यसका लागि उपभोक्तामा समेत जागरुक हुन जरूरी छ ।'

अनुगमनका क्रममा गत वर्ष पनि कारवाहीमा परेको हेटौडा १९ को कल्पना बगालेको महाकाली दिव्यज्योति भोजनालयले आफ्ना ग्राहकलाई बासी खाना खुवाएको मात्र नभई आफ्नो होटलमा १६ बर्ष मुनिका बालकलाई श्रमीकका रुपमा प्रयोग गरिएको पनि भेटियो ।

राजमार्गकै होटलबाट एकैछिन अघि खाना खाएर निस्केका यात्रु रमेश आचार्य होटल व्यवसायीहरूले गरिरहेका यस्ता व्यवहारगत पक्षबाट अनभिज्ञ रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– 'हामी बसमा यात्रा गर्ने यात्रु बसले जुन पसलमा ल्यायर ओराल्छ तेहि खाना खान बाध्य हुन्छौ ।'

उक्त होटललाई मानवियता देखाउदै २४ घण्टाको अल्टिमेटममा सुधारको लागि आदेश जारी गरिएको छ ।

हेटौंडा ११ मा रहेको सिता होटल, एसि फुड ल्याण्ड र प्रकाश होटलको अनुगमनका क्रममा म्याद नागेको पेय पदार्थ र बासी खान खुवाएको पाइएको छ भने, हेटौंडा ३ बसामाडीमा रहेको प्रकाश होटलमा म्याद नागेको पेयपदार्थ पाइएको त्यसैगरी हेटौडा १९ बस्तिपुरमा रहेको दिव्य ज्योति भोजनालयलाई चौबिस घण्टा भित्र भान्छा सुधार गर्न सचेत गराइएको छ।

अनुगमनका क्रममा उक्त होटलमा बासिखाना  बनाएर खुवाउन तयारी अबस्थामा राखिएको भात र डि फ्रिज फोहोर राखिएको अवस्थामा गनाएको मासु भेटिएको थियो। 

त्यसैगरी अन्य होटलहरूमा मुल्य सुची नराखिएको र भान्छा फोहोर पाइएकोले सचेत गराइएको छ। आज बिहिबार हेटौंडा र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा पर्ने १६ वटा होटलहरूको अनुगमन गरिएको थियो ।  

खाद्य प्रमुख सोमकान्त रिजालको नेतृत्व र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा ११ नवलपुर, हेटौंडा ३ बसामाडी, हेटौंडा १९ का बस्तीपुर, नेवारपानी र मनहरी गाउँपालिकाको सिम्पानि र लोथरसम्म राजमार्गमा पर्ने करिब १६ वटा होटलहरूको अनुगमन गरिएको हो।

होटल व्यवसाय मात्र नभई किराना तथा पसलहरूमा समेत सोहि प्रक्रिया दोहोरिरहेको हुन्छ । हालसम्म चाडबाडको अवसर पारेर खाध तथा गुण नियन्त्रण कार्यालयले करिब ४५ भन्दा बढि व्यवसायको अनुगमन गरिसकेको छ ।

अनुगमन टोलीमा खाद्य निरीक्षक खगेन्द्र खतिवडा, सरोज पौडेल, घरेलु तथा साना उद्योग कार्यालयबाट प्रलय प्रसाद अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रतिनिधि तथा पत्रकारहरुको सहभागीता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*