खुल्ला डबल ब्याडमिन्टनको उपाधि बोस दिदीभाईको पोल्टामा
६४ औ प्रहरी दिवसको अवसरमा आयोजित खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि बोस दिदीभाईले जितेका छन् ।
हेटौंडा ११ थानाभर्याङमा रहेको कबडहलमा आज भएको फाइनल खेलमा बुद्धि राम चौधरी र रमेश दराइको जोडिलाई २१/११ र २१/९ को सोझो सेटमा पराजित गर्दै माधवी बोस र अबिशेक बोसले उपाधि जितेका हुन्।
प्रदेश तीन प्रहरी कार्यालय हेटौडाको आयोजना तथा नारायणी मिल्क एण्ड फुड्स प्रा लिको सहकार्यमा हिजो बाट भएको प्रतियोगिताको प्रदेश तीन प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले उदघाटन गर्नु भएको थियो ।
प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो। विजेता र उपविजेतालाई असोज २४ गते प्रदेश तीन प्रहरी कार्यालय हेटौडामा हुने ६४ औ प्रहरी दिवस कार्यक्रम मार्फत पुरस्कृत गरिने आयोजकले जनाएको छ।