कालोबजारी रोक्न कानुनी अड्चनः प्रजिअ जोशी

छहारी संवाददाता
अशोज १६, २०७६

मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशिले कालोबजारी रोक्न जती नै प्रयास गरेपनि कारवाही गर्ने कानुनी अधिकार नहुँदा समस्या भइरहेको बताउनु भएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला समिति मकवानपुरले आज गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहााले भन्नुभयो– 'अहिलेको कानुनले वजार अनुगमनमा धेरै अधिकार दिएको छैन। त्यसैले समस्या छ ।'

आवश्यकता हेरेर मात्रै बजारमा सिजनल बाहेकका तरकारी खरिद गर्न आग्रह गर्दै प्रजिअ जोशीले उपभोक्ताले सस्तो परिमाण तर्फ भन्दा गुणस्तरीयतामा ध्यान दिन जरूरी रहेको औंल्याउनुभयो ।

यद्यपी प्रचलित कानुनको आधारमा चल्दै नागरिकले कानुनको परिपालनामा ध्यान दिनु पर्ने उहाँको भनाई छ ।

कार्यक्रमा राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला समिति मकवानपुरका प्रमुख सोमकान्त रिजालले नियमन नियकायले मात्र अनुगमन गरेर नहुने भन्दै उपभोक्ता आँफे सचेत हुनु जरुरी रहको बताउनुभयो ।

यस्तै उपभोक्ता मञ्च केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले बजार गयो भने अमिलो मुख लगायर फर्किनुपर्ने अवस्था रहेको सुनाउँदै  आफैले मूल्य तिरेर विषादी युक्त खाना खानु परिरहेको जिकिर गर्नुभयो ।

खरिद विल हेरेर कालावजारिको मुद्दा चलाउनु पर्नेमा त्यो नभएको भन्दै उहााले अबका दिनमा उपभोक्तालाई राहत दिने कुरामा प्रजिअ जोशी लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, जिल्ला अध्यक्ष कुमार पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*