अहिलेको सरकारलाई असफल हुने छुट छैनः नारायणकाजी श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताउनु भएको छ ।
हेटौडामा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सरकार असफल भए पार्टी र सता दुबै नरहने भन्दै तिन वटै सरकारलाइ सफल बनाउन लागि पर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
प्रवक्ता श्रेष्ठले सरकारलाई मजबुत बनाउन पार्टीको गाईडलाईन मान्नु पर्ने बताउनुभयो । पार्टीको निर्देशनमा सरकार चल्न नहुने भन्दै उहाँले सरकारलाई सफल बनाउने आडमा दैनिक रूपमा राजनितिक हस्तक्षेप सह्य नुहने बताउनुभयो ।
जनताले महसुस गर्ने गरि केही दिन नसके राजनितिक औचित्य माथि प्रश्न उठ्ने उहाँको भनाई छ ।
प्रतिपक्षले सरकारको विरोध गर्नु स्वभाविक भएपनि संसारको कुनै तागत ले अहिलेको राजनितिक परिवर्तनलाई उल्ट्याउन नसक्ने दाबी गर्नुभयो । कमजोरीहरुलाई सच्यायर पार्टिलाइ सकारात्मक रूपमा अघि बढाउनु अहिलेको आवश्यकता रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।