संचार क्षेत्रले देशलाई एकताबद्ध पार्न महत्वपूर्ण भुमिका खेल्नु पर्छः नारायणकाजी श्रेष्ठ

छहारी संवाददाता
अशोज १५, २०७६

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले संचार क्षेत्रले देशलाई एकताबद्ध पार्न महत्वपूर्ण भुमिका खेल्नु पर्ने आवश्यक्ता औल्याउनु भएको छ ।

हेटौंडाबाट सञ्चालित रेडियो सन्देशको वार्षिकोत्सव समारोहमा सहभागी हुन आज हेटौडा आउनु भएका प्रवक्ता श्रेष्ठले संचार क्षेत्रलाई जिम्मेवार हुन र सरकारको कामको सही मूल्यांकन गरिदिन आग्रह गर्नुभयो ।

रेडियोले सञ्चारमा खेलेको भूमिकाको चर्चा गर्दै उहाँले सरकारले मिडियालाई महत्वका साथ हेरेको बताउनुभयो ।

रेडियोको निर्धारित कार्यक्रम भन्दा निकै ढिला आउनु भएका प्रवक्ता श्रेष्ठले रेडियोलाई सफलताको शुभकामना दिनुभयो ।

यसैबीच भोली बिहान ७ बजे हेटौंडाको सानोपोखरास्थित पार्टी कार्यालयमा प्रवक्ता श्रेष्ठसँग कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*