रोटरी र रोट्रयाक्ट क्लब अफ हेटौडाले गरे दशैंको शुभकामना आदनप्रदान
रोटरी क्लब अफ हेटौडा र रोट्रयाक्ट क्लब अफ हेटौडाले विजयादशमी २०७६ को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो ।
आज हेटौडामा आफ्नै निर्माणाधिन भवनमा कार्यक्रम गर्दै क्लबले सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेको हो ।
कार्यक्रममा सांसद रामनारायण विडारी, हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंह लगायतको आतिथ्यता रहेको थियो ।
समाजसेवा मुख्य उदेश्य राखेर १९९२ मे १३ मा रोटरी क्लब अफ हेटौडा स्थापना भएको हो ।
क्लबले यस वर्ष मकवानपुरका निशुल्क आँखा शिविर, लधुवित्त कार्यक्रम, वृत्तचित्र निर्माण, सडकका दायाँकायाँ वृक्षारोपण लगायतका सामाजिक कार्य गरेको क्लबका अध्यक्ष इन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो ।
विगतका दिनमा पनि क्लबले विभिन्न समाजसेवाका काममा निरन्तर लागि परेको छ । उद्यमी र पेशाकर्मीको जीवनको व्यस्ततालाई व्यवस्थापन गर्दै निस्वार्थ रुपमा सामाजिक सेवाको उदेश्यले सन् १९०५ मा अमेरिकाको सिकागोमा रोटरी क्लब स्थापना भएको हो ।