जिसस मकवानपुरमा दशै, तिहार तथा छठको शुभ कामना आदान प्रदान
जिल्ला समन्वय समिति मकवानपुरको नेपालीहरुको महान चार्ड बडा दशै, शुभ दिपावली तथा छट पर्वको शुभ कामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले आउँदै गरेको चार्ड पर्वको अवसरमा सबै नेपालीमा शुख शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
उहाले आउँदै गरेका चार्ड पर्वहरु हर्सोल्लास र सभ्य तरिकाले मनाउन आग्रह गर्नुभयो । यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पनि दशै, तिहार लगायत चार्ड पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा अर्थ समितिका सभापति तथा सांसद कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेश सभाका सदस्यहरु कुमारी मोक्तान, जुनेली श्रेष्ठ, हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महत, जिल्लका बिभीन्न राजनीतिक दलका नेताहरु, गाउँपालिकाका अध्यक्षहरु, नागरिक समाज, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रुमुख, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।