वडा नम्बर १६ मा अझै कार्यालय बाटै जेष्ठ नागरिकले भत्ता बुझ्दै (तस्विरहरु)

छहारी संवाददाता
अशोज १५, २०७६

नेपाल सरकारले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको बेबस्था गरे पनि वडा नम्बर १६ मा भने कार्यालय बाटै जेष्ठ नागरिकले भत्ता लिरहेका छन ।

आज पत्रकार महिलाहरु वडा कार्यालय पुग्दा त्यहाँ जेष्ठ नागरिकको भिड थियो । यो भिड के का लागि भनेर हामीले जिज्ञासा राख्दा त्यहाँ उपस्थित जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन आएको बताउनुभयो ।

बैंकिङ प्रणलीबाट भत्ता लिनु पर्नेमा अझै वडा बाटै वितरण भइरहेको बारे वडा अध्यक्ष रामकृष्ण कोइरालालाई सोध्दा उहाँले बैंकहरुले सुरक्षा भत्ता बितरण गर्न आनाकानी गरेको जानकारी दिनुभयो ।

आर्थिक मामलामा पारदर्शी हुनु पर्छ भनेर आफुहरुले प्रयास गरेको भन्दै उहाँले यस अघि हेटौंडा बजारको बैंक मार्फत बितरण गरिए पनि अपायक परेको भन्दै जेष्ठ नागरिकले असन्तुष्टि जनाए पछि पुनः वडा कार्यालय बाटै भत्ता बितरण गरिएको बताउनुभयो ।

उपमहानगरपालिकाबाट नगद नदिनु भनी चिठ्ठी आइसकेको बताउँदै उहाँले तर दशैंको सममयमा जेष्ठ नागरिकलाई सस्या नहोस भनेर अन्तिम पटकका लागि वितरण गरेको जानकारी दिनुभयो ।

अध्यक्ष कोइरालाले अझ दुर्गम क्षेत्र शक्ति खोला र आकाश धाराको लागि कर्मचारी पठाएरै भत्ता वितरण गर्नु परेको बाध्यता समेत सुनाउनुभयो ।

उहाँले भन्नुभयो– 'शक्ति खोला र आकाश धारा जान हिडेर घर४ घण्टाको बाटो छ, वर्षामा सवारी साधन चल्ने सम्भावना छैन, यस्तो अवस्थामा गाउँमै कर्मचारी खटाएर वितरण गर्ने गरेका छौं ।'

शहरका बैंकमा जान समस्या हुने भन्दै जेष्ठ नागरिकले गाउँ मै कुनै बैंकका शाखाले बितरण गरे आफुहरुलाइ सहज हुने बताएका छन् । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाउन वडा अध्यक्ष कोइराला आफैं उपस्थित हुनुहुन्थ्यो ।

वडाले यस चौमासिकमा करीब ६ सय बृद्द बृद्दा लाई ५५ लाख रुपैया सामाजिक सुरक्षा भत्ता बितरण गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*