युवा अभियन्ता शिवाकोटीले आफ्नो जन्मदिन भन्जाहरुसंग मनाए
हेटौंडा ११ का युवा अभियन्ता साकार शिवाकोटीले आफ्नो १८ औ जन्मदिना हेटौंडा ४ मा रहेको मामाघर नेपालकमा आश्रित भान्जाहरुसंग मनाएका छन्।
शिवाकोटीले हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा र परिवार र आफन्तको उपस्थितमा मामाघरका भन्जाहरुसंग केक काटेर र एक छाक खान खुवाएर आफ्नो जन्म दिन मनाएका हुन्।
साथै शिवाकोटीले मामाघर नेपाललाई ३ बोरा चामल सहयोग गरेका छन्। मामाघर नेपालमा १९ जना भन्जाहरु आश्रित छन्।