संचार क्षेत्रमा सकारात्मक समाचारको खडेरी छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
अशोज १५, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता राष्ट्रको चौथो अंग भएकोले देशको विकासमा मिडियाको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ ।

विजयादशमी तथा दीपावलीको उपलक्ष्यमा मकवानपुरे पत्रकारहरुसंग शुभकामना आदन प्रदान गर्दै मुख्यमन्त्री पौडेलले सकारात्मक सोच अभिबृद्दि गर्नमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले तर संचार क्षेत्रमा सकारात्मक समाचारको खडेरी परेको बताउनु भयो ।

उहाँले भन्नुभयो– 'सकारात्मक समाचार छ कि भनेर हेर्छु तर भेट्दिन । पत्रकारको नियम नै नकारात्मक लेख्नु भन्ने छ कि मैले बुझिन ।'

सकारात्मक समाचार भनेर सत्ताको गुणगान मात्रै गाउने समाचार भन्न नखोजेको प्रष्ट पार्दै मुख्यमन्त्री पौडेलले मान्छेमा काम प्रति उर्जा भर्ने, उत्प्रेरित गर्ने र समृद्धितर्फ प्रेरित गर्ने समाचार पत्रकारले लेख्नु पर्ने बताउनुभयो ।

आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संघीय ब्यवस्थासंगै नागरिकलाई सेवाप्रदान गर्दा सहजता प्रदान गर्ने गरी नीति तथा कार्यक्रमहरु अगाडि बढाईएको बताउनुभयो ।

प्रदेशको १३ जिल्लामा सम्बन्धित जिल्ला बाटै सबै प्रकारको सेवा उपलब्ध गराउन प्रदेश सरकार लागि परेको बताउँदै उहाँले भन्नुभयो – 'बिस्तारै हामी नागरिकको नजिक पुग्ने कोशिसमा छौ ।'

नजिकिँदै गरेको चाडपर्वहरु विकृति रहित, देखासेखी रहित र सकारात्मक परम्परागत मूल्य र मान्यता कायम राखेर मनाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश तीनका मुख्य सचिव तोयम राय, नेपाल पत्रकार महासंघ प्रदेश तीन अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्णसारु मगर, सन्चारिका समूह प्रदेश तीन अध्यक्ष सरिता दाहाल लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती  थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*