हेटौडाका केहि पसल र होटलको अनुगमन

छहारी संवाददाता
अशोज १४, २०७६

चाडबाडको मौका छोपी अखाद्यय बस्तु बिक्रिवितरण तथा कालोबजारी हुन सक्ने भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले बजार अनुगमन तिब्र बनाएको छ ।

दुबै कार्यालयले संयुक्त रुपमा आज हेटौडा बजारका केहि किराना पसल र होटलहरुमा अनुगमन गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले ११ वटा किराना पसल र २ वटा होटलको आज अनुगमन गरेको हो ।

अनुगमनमा क्रममा किराना पसलहरुले प्याकिङ अनुमति नलिई दाल, गेडागुडी, मैदा, चिनी लगायतका खाद्यान्न प्याकिङ गरी बिक्रीका लागि राखिएको पाईएपछि नमुना संकलन गरी हेटौडा उपहानगरपालिकालाई बुझाइएको अनुगमन टोलीका संयोजक सोमकान्त रिजालले जानकारी दिनुभयो ।

उत्पादन तथा उपभोग्य मिति समेत नभएको सामग्रीहरुको पनि नमुना संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

साथै स्कुलरोडको घर संसार, बाबा अचार एण्ड पाउँ भण्डार, राहुल किराना एण्ड प्लास्टिक पसल, आयुषी जनरल सप्लायर्स, लगायतका ७ वटा पसलहरुको नमुना संकलन गरिएको संयोजक रिजालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*