हेटौडा बजार क्षेत्रका सडकमा पार्किङ गरिने सवारीको व्यवस्थापन भोली बाटैः प्रजिअ जोशी
मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले हेटौडा बजार क्षेत्रका सडकमा पार्किङ गरिने सवारी साधनहरुको व्यवस्थापन भोली बाटै गरिने बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको सर्वपक्षीय बैठक पछि संचारकर्मीहरुसंग कुरा गर्दै उहाँले चाडबाडको समयमा बजार क्षेत्रमा बढी भिडभाड हुने भएकाले भोली बाटै पार्किङ व्यवस्थापन गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले तोकेको स्थानमा मात्रै पार्किङ गर्ने गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै बजार क्षेत्रमा चल्ने अटो तथा इ रिक्साको व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण सुमो काउण्टर व्यवस्थापनको विषयमा समेत आजको बैठकमा छलफल भएको प्रजिअ जोशीले बताउनुभयो ।
अव्यवस्थीत टाटा सुमो काउण्टरहरुको व्यवस्थापनका लागि अहिले भइरहेको साझा काउण्टर हटाउने निर्णय भएको जानकारी दिँदै उहाले यसअघि कै निर्णय अनुसार हरेक टाटा सुमो कम्पनिले आ–आफ्नो काउण्टर खोल्न पाउने बताउनुभयो । यद्यपी अहिले साझा काउण्टर रहेकै स्थान चौकीटोल बाट नै कार्य संचालन गर्नु पर्ने उहाँको भनाई छ ।
यस्तै चाडबाडको मौका छोपी यात्रुसंग बडी भाडा लिएको भेटिए कार्वाही गर्ने समेत उहाँले बताउनुभयो । यस्तै आजको सर्वपक्षीय बैठकले बजार क्षेत्रमा संचालन हुने अटो तथा इ रिक्साको सवारी चालक अनुमती पत्र, सडक इजाजतपत्र लगायतका कागजात चेकजाँच गर्ने तथा सही नभए आवश्यक कानुनी कार्वाही गर्ने निर्णय भएको छ ।
यसैगरी फुटपाथ अतिक्रमण नियन्त्रण गर्न पसल भित्र मात्रै सामान राखेर बिक्रि वितरण गर्न दिने निर्णय भएको छ । र यसको व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई आवश्यक पर्ने अपुग जनशक्ति तथा ट्राफिक सामग्रीहरु हेटौडा उपहानगरपालिकाको कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले उपलब्ध गराई सहयोग गनेए छ ।
बैठक पछि संचारकर्मीसंगको कुराकानीका क्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख हरी बिष्णु ढकालले चाडपर्बलाइ लक्षित गरी थप सेवा प्रवा गर्ने निर्णय भएको जानकारी दिँदै निर्णण्हरु कडाइका साथ लागु हुने बताउनु भयो ।
प्रशासन मात्र लागेर केहि नहुने भन्दै उहाँले हरेक क्षेत्रको समस्या समाधानमा नागरिक स्वयं पनि सचेत हुनु पर्ने आवश्यकता औंल्याउनुभयो ।
सर्वपक्षीय बैठकमा हेटौडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महत, यातायात व्यवसायी संघका प्रतिनिधिहरु, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।