बालगृहमा अलपत्र परेका १० जना बालबालिकाको उद्दार

छहारी संवाददाता
अशोज १३, २०७६

काठमाडौंमा रहेको एक बालगृहमा अलपत्र परेका दश जना बालबालिकालाई उद्दार गरिएको छ ।

लामो समयदेखि बालबालिको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले ती बालबालिकालाई उद्दार गरी परिवारको जिम्मा लगाइएको छ ।

काठमाडौंको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलि स्थित सौडोल महिला समाज नामक संस्थामा जोखिम अवस्थामा रहेका बालबालिकालाई उद्दार गरिएको हिमालि नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बताउनुभयो ।

उद्दार गरिएका चार जना बालक र पाँज जना बालिका रहेका छन् । ९ जनाको उद्दार गरिएकोमा २ जना काठमाडौं मै आफन्तको जिम्मा लगाइएको र ८ जना बालबालिका मध्ये १ जना बालिकालाई यस अघि उद्दार गरि हिजो परिवारको जिम्मा लगाइएको छ ।

अन्य ७ जनाको तत्तकाल उद्दार गरि आजै घर परिवार संग मिलन गरिएको कार्यकारि निर्देश लामाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी बिनिता भटटराई, सर्केगाड गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद जैसी लगायतका जनप्रतिनिध र अभिभावकको उपस्थितमा ती बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*