यू–१८ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

छहारी संवाददाता
अशोज १३, २०७६

काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको १८ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयको मैदानमा आज भएको फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा रविबहादुर रानाले गोल गर्दै भारतलाई जिताउन सफल हुनुभएको हो ।

यसअघि मध्यान्तरसम्म दुवै टिमले १–१ को बराबरी खेलेका थिए । भारतका लागि विक्रमप्रताप सिंहले तथा बंगलादेशका लागि एसिन अर्फातीले गोल गरेका थिए ।

भारत पहिलो संस्करणको र बंगलादेश दोस्रो संस्करणको उपविजेता हो । दुवै संस्करणको उपाधि जितेको नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

६ टोली सहभागी प्रतियोगितामा माल्दिभ्स तेस्रो भएको छ । सेमिफाइनलमा पराजित दुई टिमबीचको भिडन्तमा भुटानलाई १–० ले पराजित गर्दै माल्दिभ्स तेस्रो भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*