सौन्दर्य व्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखा उद्घाटन (तस्विरहरु)

छहारी संवाददाता
अशोज १३, २०७६

सौन्दर्य व्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरको आज हेटौडामा उद्घाटनभएको छ । सेन्टरको १७ बर्ष पूरा गरि १८ औं बर्षमा प्रवेश गरेको अवसरमा आफ्नो शाखाको उद्घाटन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सिटिईभिटी प्रदेश तीनका प्रमुख कृष्ण केसीले रिबन काटेर सेन्टरको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केसीले समाजमा प्राविधिक शिक्षा र सिपको विकासमा जोड दिनुपर्ने बताउनु भएको छ ।

प्राविधिक शिक्षा प्रदान गर्दै आईरहेको सिटिइभिटीले हालसम्म धेरै तालिम तथा सिपहरू प्रदान गर्दै आईरहेको बताउँदै केसिले भन्नुभयो-'अबको तालिम सिकाई मुलक एवं गुणस्तरी हुनुपर्दछ, तब मात्र पेशागत दक्षता हासिल गर्न सकिन्छ ।'

कार्यक्रममा नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने,निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रवक्ता प्रदिप कोईराला, उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपाने, नेपाली काङ्ग्रेसकी नेतृ ईन्दिरा न्यौपाने, लगायतकाको आतिथ्यता रहेको थियो ।

सौन्दर्य व्युटि पार्लर तथा ट्रेनिङ सेन्टरकी अध्यक्ष तारा कार्किको सभापतित्वमा सम्पन्न कार्यक्रममा रमेश कार्किले  स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*