कांग्रेस नेतृ ईन्दिरा न्याैपानेद्वारा बाल गृहलाई खसी प्रदान

छहारी संवाददाता
अशोज १२, २०७६

महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालले मकवानपुरको पूर्व सदरमुकाम भीमफेदी स्थित बाल गृहलाई १५ किलाेकाे खसी प्रदान गरेको छ ।

नेपाल बाल संगठनद्धारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकालाई दशैँ मनाउन संस्थाले खसी प्रदान गरेको हो ।

नेपाल बाल संगठनकि सदस्य तथा महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालका अध्यक्ष नेपाली काङ्ग्रेसकी महिला नेतृ ईन्दिरा न्यौपानेले आज हेटौँडामा संगठनका अध्यक्ष रमेश गिरीलाई खसी हस्तान्तरण गर्नुभयो ।

संस्थाका अध्यक्ष न्यौपानेले बाल गृहमा रहेका बालबालिकाले शुभकामना आदान प्रदानसँगै खुशीयालीपूर्वक दशैँ बनाउन पाउन भनेर सहयोग गरेको बताउनुभयाे ।

संगठनका अध्यक्ष गिरीले बाल गृहमा रहेका असहाय र अनाथ बालबालिकाहरु दशैँमा नेपाली परम्परा अनुसार मासु चिउरासँगै टीकाको कार्यक्रम रहेको बताउनुभयो ।

बाल संगठनले प्रत्येक वर्ष दशैँमा बाल गृहमा आश्रित बालबालिकालाई लक्षित गरी दशैँमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ । बालगृहमा ३२ जना बालबालिका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*