पशुबली प्रथा विरुद्ध सचेतना र्याली

छहारी संवाददाता
अशोज ११, २०७६

हेटौडाका श्रीकृष्ण प्रणामी समुदायले पशुबली प्रथा विरुद्ध आज सचेतनामुलक र्याली निकालेका छन् ।

र्यालीमा सहभागीहरुले पशुपंक्षीको बाँच्न पाउने अधिकार संरक्षण गरौं, पशुबली अन्त्य गरौं, साकाहारी समाजको निर्माण गरौं लगायतका नारासहितको प्लेकार्ड बोकेका थिए ।

हेटौँडा प्रणामी मन्दिरबाट शुरु भएको र्याली बजारका विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुर र बाईजुराज महिला समिति मकवानपुरले संयुक्त रुपमा र्यालीको आयोजना गरेको हो ।

सेवा समितिका केन्द्रीय सदस्य रामकृष्ण तिवारीको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष अर्जुनप्रसाद वाग्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा समितिका केन्द्रीय सदस्य बद्री चौलागाई, परिषदका केन्द्रीय सदस्य विष्णु वाग्ले लगायतको सहभागिता थियो ।

देवालय, मन्दिर र घरमा पशुबलीको अन्त्यका लागि सचेतनामुलक र्यालीको आयोजना गरिएको परिषदका जिल्ला अध्यक्ष जयप्रकाश घिमिरेले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*