सिद्धार्थ माविमा खाना महोत्सव सम्पन्न

छहारी संवाददाता
अशोज १०, २०७६

हेटौंडा २ मा रहेको सिद्धार्थ मावि कक्षा ८ अंग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीले आज खाना महोत्सव सम्पन्न गरेका छन् ।

नजिकिंदै गरेको शुभ विजया दशमी तथा पेशा तथा व्यवसाय विषयको प्रयोगात्मक परीक्षा अन्तरगत खाना महोत्सवको आयोजना गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईं, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा, सहायक प्रधानाध्यापक सागर खितवडा, रामसरण अधिकारी, अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाई लगायत शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*