क्रसर उद्योगले सार्वजनिक जग्गा प्रयोग गरेको भेटिए कार्वाही हुन्छःजिसस प्रमुख खुलाल
जिल्ला समन्वय समिति मकवानपुरले जिल्लामा सञ्चालीत क्रसर उद्योग तथा ढुङ्गा गिट्टि बालुवा प्लान्टहरूले प्रयोग गर्दै आएको जमिन आधिकारिक भए नभएको यकिन गर्ने भएको छ ।
निजी क्षेत्रको लगानीमा सञ्चालीत क्रसर उद्योगहरुले सरकारी जग्गा मिचेको हुनसक्ने आशंका पछि जिल्ला समन्वय समितीले जिल्लामा सञ्चालीत क्रसर उद्योगहरुलाई जग्गाको विवरण बुझ्ने भएको हो।
समन्वय समितीका प्रमुख रघुनाथ खुलालले व्यक्तिका निजी, सरकारी पर्ति र ऐलानी जग्गा हस्तक्षेप गरी उद्योग स्थापना गरेको पाईए त्यस्ता उद्योगहरुलाई बन्द समेत गरिने बताउनुभएको छ ।
जिल्लाको समग्र विकास निर्माण, आयोजना तथा परियोजना सम्पन्न गर्न समेत ढुङ्गा गिट्टिको आवस्यकता पर्नेे हुँदा संचालन गर्नुपर्नेे उहाँको भनाई छ ।
प्रमुख खुलालले भन्नुभयो– 'ढुङ्गा गिट्टि, क्रसर तथा वालुवा प्लान्ट सञ्चालन, व्यवस्थापन तथा राजस्व संकलन सम्वन्धि सम्पुर्ण जिम्मेवारिहरू स्थानिय तहलाई सुम्पने निर्णय भएसंगै सो सम्वन्धि व्यवस्थापन कार्यलाई अघि बढाउन मापदण्ड विपरितका क्रसर उधोग तथा बालुवा प्लान्टहरू संचालित स्थानको जमिन भाडा या लिज हो होईन या सार्वजनिक जमिन माथिको थिचोमिचो बुझ्दै कारवाहिको दायरामा ल्याउने छौ ।'
केही क्रसर उद्योगहरु सरकारी जग्गा मिचेर सञ्चालन भइरहेको गोप्य सूचना पाएको समन्वय समितीले जग्गाको विवरण एकीन गरेर मात्रै कारवाही प्रकृया अघि बढाउने तयारी गरेको हो ।
जिल्ला समन्वय समितिले सोमवार र मंगलबार १० वटा क्रसर उद्योगहरुको र ५ वटा वालुवा प्लान्टहरूको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अव्यवस्थित, वेथिति रूपमा संचालित रहेको अवस्थामा भेटिएका सबै क्रसर उद्योगहरू विना ईजाजत आखा छलेर चलिरहेको पनि पाईएको पमुख खुलालले बताउनुभयो ।
अनुगमन पश्चात जिल्ला समन्वय समितिका प्रमुख खुलालको अध्यक्षता बसेको वैठकले क्रसर उद्योग सम्वन्धि सम्पुर्ण जिम्मेवारी स्थानिय तहलाई सुम्पेको थियो ।
उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जाेशि लगायत आठ ओटा स्थानिय तहका अध्यक्षको सहभागिता रहेको थियो ।