हेटौंडा बसपार्कमा मकवानपुर ट्राफिकको यात्रु सहायता कक्ष

छहारी संवाददाता
अशोज ९, २०७६

नजिकियको चाडवाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेेटौंडा ० बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ।
कक्षको बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई र वडा नम्बर १० का वडाध्यक्ष किताब सिंह लामाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले चाडवाड नजिकिदै गर्दा यात्रुहरु ठगिने गरेको बताउदै  यात्रु सहायता कक्षले यात्रुहरु सेवा दिने बताए।
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले नजिकिँदै गरेको चाडवाड यात्रुहरु समस्या नपरुन् भन्ने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको बताए।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ का अध्यक्ष सालिकराम पुडासैनी, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकाल,सामुदायिक सेवा उप केन्द्र हेटौंडा १० बसपार्कका अध्यक्ष प्रदिप कंडेल, नारायणी यातायात हेटौंडा बसपार्क इन्चार्ज रमेश कुइकेल वडा सदस्य, पत्रकार, सामुदायिक प्रहरी सेवा केन्द्रका, टोली विकास समितिका प्रतिनिधि, पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
यात्रुहरुलाई मध्यनजर गरेर वडा प्रहरी कार्यालय हेटौडाले केही दिन अघि हेटौंडा १ चौकिटोलमा रहेको संयुक्त सुमो काउन्टरमा यात्रु सहायता कक्षको स्थापना गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*