कश्मीर भूकम्पमा मृत्यु हुनेको संख्या २८ पुग्यो

छहारी संवाददाता
अशोज ९, २०७६

पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

भूकम्पका कारण कम्तीमा चार सय ७६ जना घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

हिजो अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानका घरमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोल ढलेको, टेलिफोनका टावरमा क्षति भएको बताइएको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत भूकम्प झड्का महसुस भएको थियो । भूकम्प दशमलव आठ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*