यति ड्रग हाउसमा औषधी बेच्छन् नक्कली फार्मासिस्ट(फोटो फिचर)
विगत अढाई दशकदेखि हेटौडामा संचालित अत्यधिक चालू अवस्थाको मेडिकल यति ड्रग हाउसले विना दर्ता क्लिनिक संचालन गरेको छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।
हेटौडाको जनमानसको मुखमा झुन्डिएको यति ड्रग हाउसले लाखौ बिरामीको जनविश्वास जितेको छ । तर आज उही यति ड्रग हाउसको अनुगमन गर्ने क्रममा अनुगमन टोली बिच विश्वासको मत भने विभाजित हुन पुग्यो ।
सोमबार दिउँसो करीब १ बजे घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च र केही संचारकर्मीको टोली हेटौडा बजारका फार्मेसी र क्लिनिको अनुगमनमा निस्कीएको थियो ।
अनुगमनका क्रममा वि.सं २०४९ सालदेखि निरन्तर हेटौडाका बिरामीहरूलाइ सेवा पुर्याउदै आएको यति ड्रग हाउसले विना दर्ता क्लिनिक सञ्चालन गर्दै आईरहेको, शिक्षा संकाय, बाणिज्य संकाय तथा सिएमए पढेका विधार्थीहरू द्वारा औषधिको विक्रिवितरण गर्ने गरेको पाईयो ।
यस्तै औषधि विक्रिवितरण गर्ने क्रममा विलको प्रयोग नगर्ने गरेको, साथै म्याद नाघेका औषधिहरू समेत कुनै संकेत चिन्ह वेगर विक्रि कक्षमै राखिएको, तथा मूल्य सुचि नराखिएको लगायतका कारवाहिका पर्याप्त कारणहरू भेटिए ।
दैनिक करिव ५/६ जना व्यक्तिहरू दिनभर नै औषधि वितरणमा व्यस्त रहने उक्त फार्मेसीमा चार बर्ष देखि काम गर्दै आएकी शर्मिला रूम्वाले सिएमए त पढेकि छिन तर उनीसंग औषधि विक्रि गर्ने आधिकारिकता थिएन । सोधपुछका क्रममा उनले फार्मेसी पास गर्न नसकेको बताइन् ।
त्यस्तै सिएमएका अर्का विद्यार्थी अरूण यादवको पनि उस्तै समस्या थियो । अझ शिक्षा संकाय अध्ययन गरेकी सम्झना गोले र कमर्स पढेका सुरेश राईसंग त झन औषधि विक्रि गर्ने आधार नै छैन ।
सोहि विषयमा कारवाहि गर्ने कि नगर्ने विचको विवादमा बजार अनुगमनको लागि खटिएको टोली बिचमा नै मत बाजिए पछि हेटौडा बजारमा आज गरीएको अनुगमन नै बिबादीत बनेको हो ।
पर्याप्त प्रमाण फेला पार्दा र्दौ पनि कुनै कारवाहि नगरी सुझाव मात्र दिएर फर्कने टोलि संयोजकले निर्णय गरे । जसले गर्दा उपभोक्ता हित संरक्षण मञ्चले अनुगमन कार्य विचमै वहिस्कार गरेका हुन् ।
उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष वासु खतिवडाले झारा टार्ने अनुगमन आफूलाई सुइकार्य नरहेको भन्दै बहिस्कार नै गर्नुभयो । विना ईजाजत गैरकानुनि रूपमा संचालित रहेको फेला पार्दा पनि सुझाव मात्र दिने तर कार्वाहि प्रक्रिया नजाने परिपाटी दोहोरिएकाले बहिस्कार गरेको खतिवडाको भनाई छ ।
टोलीसंगै अनुगमनको रिपोटिङमा रहनु भएका न्युज २४ का पत्रकार देवराज पन्तले अनुगमनका क्रममा कारवाहीका सम्पुर्ण प्रमाण फेला पार्दा पनि कारबाहि गरिदैन भने अनुगमनमा हिड्नुको औचित्य नरहेको वताउनुभयो । उहाले अनुगमन गर्ने अनि सुझाव मात्रै दिदै हिड्ने हो भने माईकिङ गर्दै सबै जानकारी दिए हुने सुझाव दिनुभयो ।
यता घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत नारायण खनालले औषधी बेच्नको लागि फार्मेसी पढेकै हुनु पर्ने तर यति ड्रग हाउसले त्यो पालना नगरेको पाईएको स्विकार्दै गैर कानुनी कार्य गरेको भए पनि प्रक्रियागत ढंगले अघि बढ्नु पर्ने प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– 'हामिले सुरू प्रक्रियामा कारवाहि गर्न नमिल्ने तर सामयावधि तोकेर सुधारको समय भने दिन सकिन्छ ।'
जील्ला प्रसासन कार्यालयले बजार अनुगमनलाई प्रभावकारी बनाउने र गल्ती गर्नेलाई तत्काल कार्बाही गर्ने भने पनि अनुगमन टोलीले त्यसो गर्न सकेको देखिएन ।
उपभोक्ताबादीहरुले तत्काल कार्बाही हुनु पर्छ भन्ने अडान र अनुगमनमा रहेको सरकारी निकायका प्रतिनिधि सुझाव मात्र दिएर फर्कीन खोजे पछि आजको बजार अनुगमनमा बिबाद देखिएको हो ।
बजार अनुगमन प्रभावकारी गर्ने हो भने उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्नेलाई तत्तकाल कार्बाही हुनु पर्दछ ।
यसैगरी कुनै पनि विरामीको उपचारमा फार्मासिस्टको अहम भूमिका हुन्छ तर यस्ता फार्मेसीहरुले गर्ने लापरवाहीका कारण बास्तविक फार्मासिस्ट प्रति सर्वसाधारणको विश्वास र सम्मान गुम्दै गएको यथार्थ हामी माझ छ ।
राज्यले पनि फार्मासिस्टको पपर्याप्त मात्रामा दरवन्दी खुलाउनु आवश्यक छ । अन्यथा यस्ता प्रवृत्तिको अन्त्य जति कै अनुगमनले पनि गर्न सक्दैन ।