मुद्धा दर्ता भएको १८ महिना भित्रै फर्छयौट गर्ने रणनिति तयार
अदालतहरुले मुद्धा दर्ता भएको १८ महिनाभित्र जस्तो सुकै मुद्दा फर्छयौट गरिने रणनिति तयार पारेको छ।
उच्च अदालत पाटन हेटौडामा फरक मुद्दा व्यवस्थापन प्रणाली मार्फत न्याय सम्पादन मार्फत जुनसुकै मुद्दा दर्ता भएकमे छोटो समयमै फर्छयौट गर्ने रणनिति तयार गरिरहेको हो ।
न्यायपालिका प्रतिको जनविश्वास बढाउन भन्दै उच्च अदालत पाटन हेटौडा इजलासले आज न्यायपालिकाको चौथो पञ्चबर्षीय रणनितिक योजना प्रस्तुत गर्दै यस्तो जानकारी दिइएको हो ।
न्यायपालिकालाई सहज र सरल बनाउन रणनितिक योजनाका साथ अघि बढेको बताउदै हेटौंडा इजलासका मुख्य न्यायधीस टेकराज नेपालले सरकारले न्यायपालिकालाई पर्याप्त बजेट उपलब्ध गराउन नसकेको बताउनुभयो ।
कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायधीस महेन्द्रनाथ उपाध्यायले योजनाका बारेमा सहजीकरण गर्नूभएको थियो । उहाँले गत आर्थिक बर्षमा ८० प्रतिशत मुद्धाहरु फछर्यौट भएको जानकारी दिनुभयो ।
कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायधीसहरु चण्डीराज ढकाल, राम प्रसाद अधिकारी, हरिप्रताप केसी, उच्च अदालत बार एसोसियसनका अध्यक्ष युवराज ओली, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेत लगायत विभिन्न सरकारी निकाय तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।