कांग्रेस मकवानपुरले मंगलबार बृहत बिरोध र्याली गर्ने

छहारी संवाददाता
अशोज ७, २०७६

दुई तिहाईको कम्युनिष्ट सरकारले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै नेपाली कांग्रेस मकवानपुरले मंगलबार बृहत बिरोध र्याली निकाल्ने भएको छ ।

काङ्ग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान अन्तर्गत भोलि र्यालि निकालि अभियामनको समापन गर्ने भएको हो । नेपाली कांग्रेस मकवानपुरले आज पत्रकार सम्मेलन आयोजना गरी बिरोध र्यालीको आयोजना गर्ने जानकारी दिएको हो ।

नेपाली कम्युनिस्ट पार्टिले जनता सामु पूरा हुनै नसक्ने आश्वासन बाँडेर विकास निर्माण र जनजिवीकाको सवालमा उदासिनता देखाएको भन्दै कांग्रेसले देशव्यापी जनजागरण अभियान चलाएको नेपाली कांग्रेस मकवानपुरका प्रबक्ता प्रदीप कोइरालाले बताउनुभयो ।

जनजागरण अभियान समापनमा पार्टी सभापति एवम् तीन नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँको प्रमुख आतिथ्यता रहने नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा पत्रकार सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा कांग्रेस जिल्ला सदस्यहरु राजीव सुबेदी, अमृता थापा, लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*