जिसस मकवानपुरमा कार्यालय अवधिभर सामाजिक संजाल प्रयोगमा रोक
जिल्ला समन्वय समिति मकवानपुरले कार्यालय समयमा मोवाईल चलाएर तथा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आज बसेको ५० औं बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले कार्यालय समयमा सामाजिक संजाल चलाउन नपाउने तथा आउँदै गरेको चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक संजालको प्रयोग गर्न नपाउने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।
कार्यालय समयमा मोवाईल चलाउँदा कार्यालय संचालनमा समस्या आउने देखेर यस्तो निर्णग गरिएको उहाँले जानकारी दिनुभयो । अन्य कार्यालयको व्यवस्थापनमा सबै मिलेर काम गर्न समेत उहाँले निर्देशन दिनु भएको छ ।
त्यस्तै बैठकले आउँदै गरेको बडा दशै, तिहार, छठ लगायतका पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । आउँदो असोज १४ गते शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।
बैठकमा उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय लगयात जिसस सदस्य एवम् कर्मचारीहरुको सहभागिता थियो ।