चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना
आउँदै गरेको दशैंतिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै हेटौँडा–१ चौकीटोमा संचालित सुमो काउण्टरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वमा यात्रुहरुको चाप बढि हुने भएकाले सहजिकरणका लागि सहयता कक्ष स्थापना गरिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
निरीक्षक भण्डारीले यात्रुहरुलाई कुनै गुनासो भए प्रहरीको १०० नम्बरमा फोन गर्न अनुरोध समेत गर्नु भएको छ ।
वडा प्रहरी कार्यालय र प्रहरी चौकी चौकीटोलको सक्रियतामा सहायता कक्ष स्थापना भएको हो ।
निरीक्षक भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य बेगम बराल, प्रहरी चौकी चौकीटोलका प्रहरी सहायक निरीक्षक दिपक दुलाल, स्थानीय समाजसेवी, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।