मकवानपुरका गैससले गरे सिकाई आदानप्रदान
स्थानीय तहहरुले गैरसरकारी संस्थाहरुप्रति नकारात्मक धारणा बनाएको सरोकारवालाहरुले आरोप लगाएका छन् ।
गैरसरकारी महासंघ मकवानपुरको आयोजनामा भएको पारस्परिक जवाफदेहिता प्रभावकारी अभ्यास तथा सिकाइ आदानप्रदान गोष्ठिका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा गैरसरकारी संस्थाका प्रतिनिधीहरुले आफुहरु स्थानीय तहसंग मिलेर विकासमा सहभागि हुन चाहेको बताउदै स्थानीय सरकारले समन्वय गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मकवानपुर जिल्लामा सक्रिय रहेका गैरसरकारी संस्थाहरुले सञ्चालन भइरहेका परियोजनाहरु बारे प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माइती नेपाल, डेक नेपाल, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल, दिगो समाधान लगायतका संघसंस्थाहरुले आफ्ना संस्थाले भोगेका सिकाइहरु प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गैरसरकारी महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा, नेपाल आदीबासी जनजाति महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष तिर्थ बहादुर थापा लगायत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।