नेकपा मनहरी पाँच कमिटीको सपथ ग्रहण
मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ५ बसन्तपुरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको वडा कमिटीको सपथ ग्रहण गरेको छ ।
संविधानसभा सदस्य एबम नेकपा जिल्ला सचिवालय सदस्य राजाराम स्याङतानले २९ जनालाई सपथ खुवाउनु भएपछी वडा कमिटीले पूर्णता पाएको छ ।
प्रमुख अतिथि स्याङतानले सपथ ग्रहण गराउनु हुदै बिगतको दिनमा भएको राजनीतिक अस्थिरता चिर्न एकता भएकोले कुनै पनि राजनीतिक बिचलनमा नपरीकन अघि बढ्न जोड दिनुभयो ।
अब पूर्व एमाले, पूर्व माओबादी केन्द्र खोजेर नपाइने बताउदै हामी अहिले निर्धक्क खुल्ला रुपमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको उहाले भन्नु भयो ।
त्यस्तै नेकपा मनहरी गाउपालिकाको अध्यक्ष राम प्रसाद कालाखेतीले कार्यक्रमलाई सम्बोधन गर्नु हुदै वडालाई सुखी समृद्ध बनाउन पार्टी वडा कमिटी सदस्यहरुको जिम्मेवारीमा आइपुगेको उहाले बताउनु भयो।
अब चाही चाडै टोल कमिटी पनि गठन गर्छौ, गाउको बिकास योजनाको छनौट कार्यमा वडा कमिटीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा जिल्ला सदस्य गौतम लामा, शिक्षक संगठनको जिल्ला उपाध्यक्ष किशोर बर्तौला, नेता एबम समाजसेवी गजाधर सुबेदी, मनहरी गाउपालिका कमिटीको सदस्यहरु शुभराज थिङ, दिपेन्द्र अधिकारी, विष्णु प्रसाद लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
नेकपा ५ नम्बर वडा अध्यक्ष मिनबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रम सचिब हिमाल सुबेदीले संचालन गरेका थिए । मनहरी गाउपालिका कमिटीको सदस्यहरु दिलबहादुर स्याङबो, लक्ष्मी उप्रेती, बुद्धिराम मोक्तान, पम्फा रोक्का लगायतको उपस्थिति रहेको थियो ।