महामती बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

छहारी संवाददाता
अशोज ५, २०७६

महामती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुदर्शन प्रसाद वाग्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले ५०३ जना सेयर सदस्य रहेको यस संस्थाले ०७५/०७६ मा कुल ८ करोड ३७ लाख रुपैयाको कारोवार गरेको जानकारी दिनुभयो ।

आज हेटौडामा भएको कार्यक्रममा अध्यक्ष वाग्लेले संस्थाामा नियमित वचत, बाल बचत, राहतकोष बचत, विशेष वचत लगायतका बचत हुने गरेको बताउँदै आफ्नो कार्यालयको कारोवारहरू आधुनिक सफ्टवेर मार्फत नै हुने गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक सदस्य विश्वनाथ अधिकारी र राधा खतिवडालाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि हेटौडा उपमहानगरपालिका कार्यालयका सहकारी शाखा प्रमुख रामकृष्ण थापाले कार्यक्रममा बोल्नुहुँदै सहकारी सम्वन्धि ऐन नियमहरू स्थानिय सरकार बमोजिम वन्ने जानकारी गराउनुभयो ।

सहकारी मार्फत युवाहरूलाई सिपमुलक कार्य गर्न आग्रह गर्दै थापाले सहकारी संचालन गर्न हिजोको दिनमा जस्तो सहज नभएको धारणा राख्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*