प्रदेश तीन सरकारको ‘एक विद्यार्थी एक विरुवा’ कार्यक्रम चन्द्रोदय माविबाट सुरु

छहारी संवाददाता
अशोज ४, २०७६

प्रदेश तीन सरकारको ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम हेटौंडा ८ कमानेमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट सुरु भएको छ ।

चन्द्रोदय मावि परिसरमा आज विभिन्न फलफुलका २०० ओटा विरुवा रोपेर यो अभियानको सुरुवात गरिएको हो । चौथो संविधान दिवसको अवसर पारेर प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले अभियानको सुभारम्भ गर्नु भएको हो ।

‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रमका लागि मन्त्रालयले २६ लाख ४० हजार रुपैया बजेट छुट्याएको र  प्रदेश तीनका सबै सरकारी विद्यालयहरुमा लागु हुने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत उच्युत उपाध्यायले जानकारी दिनुभयो ।

चन्द्रोदय मावि परिसरमा लिच्ची, कटहर, आप, एभोकाडो लगायतका २०० विरुवा रोपिएकोअधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश तीनका पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक माामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंह लगायतले वृक्षारोपण गर्नु भएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मुल समारोह समिति प्रदेश तीनको आयोजना तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश तीनको संयोजनामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सशक्त प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, वडा नम्बर ८ का अध्यक्ष गोपाल श्रेष्ठ, कार्यालयका प्रमुख, विद्यालयका शिक्षक, विद्यार्थी लगायत स्थानियको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*