१५ भन्दा बढी होटल तथा किराना व्यवासायीले अनुगमनमा बाधा पुर्याय
खाद्य तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन तथा उपभोक्ताबादी सँस्थाहरुको सँयुक्त टोलीले बिहिबार हेटौंडा २ स्थित खाद्य किराना स्टोर्स र खाजाघरहरुको अनुगमन गरेको छ ।
टोलीले हेटौंडा २ स्थित फापरबारी बसपार्क क्षेत्रका १९ वटा खाद्य किराना स्टोर्सहरु तथा खाजाघरहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघेका पेय पदार्थ तथा किराना सामग्रीहरु बिक्री गरेको भेटिएको छ ।
यस्तै होटलहरुको अनुगमनका क्रममा अत्यन्त न्युन सरसफाइ गरेको पाइएको छ । स्थानीय १५ भन्दा बढी होटल तथा किराना व्यवासायीहरुले पसल तथा होटलहरु बन्द गरेर अनुगमनमा बाधा पुर्याएका छन्।
अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौडाका खाद्य निरीक्षकहरु खगेन्द्र प्रसाद खतिवडा, सरोज पौड्याल, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखाका भैरव कुमाल, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडा, उपभोक्ता मञ्च नेपालका उपाध्यक्ष कपिल अर्याल लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।