परियोजनाको छलफल तथा अनुगमन
मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानान्तरण प्रवद्र्धन परियोजना अन्तरगत जनप्रतिनिधि र लाभग्राहीसँग छलफल तथा अनुगमन गरिएको छ ।
नारी सीप सृजना केन्द्र नेपालको आयोजना तथा आओ इन्टरनेश्नलको सहयोगमा सञ्चालित परियोजना अन्तरगत हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा छलफल तथा अनुगमन गरिएको हो ।
मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्ट र हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला तथा हेटौंडा १६, जरुन र मनहरी ३ कौगेडी दमारका लाभग्राही तरकारी खेती तथा कुखुरापालक कृषकहरुसँग छलफल गरेको थियो ।
अनुगमन टोलीमा नारीसिप सृजना केन्द्रका अध्यक्ष सरस्वती वर्तौला, उपाध्यक्ष सीता अधिकारी, सचिव कल्पना बिश्वकर्मा, कोषाध्यक्ष रेणु गुरुङ, कार्यकारी निर्देशक चिरञ्जीवि पौडेल, फिल्ड संयोजक कविता बिडारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
सन् २०१९ जनवरीदेखी डिसेम्बरसम्म सञ्चालन हुने परियोजना हेटौंडा उपमहानगरपालिकाको १८ बाहेक १४ देखी १९ र मनहरी गाउँपालिकाको वडा नम्बर १ देखी ५ सम्मगरी १० वटा वडामा सञ्चालित छ ।
परियोजना अन्तरगत तरकारी खेती, कुखुरा तथा पशुपालन, विउविजन वितरण, मानव वेचबिखन सम्बन्धी सडक नाटक, शिक्षक अभिमुखीकरण तालिम, मनोसामाजिक परामर्श लगायतका क्रियाकलाप सञ्चालन भईरहेको कार्यकारी निर्देशक चिरञ्जीवि पौडेलले बताए । उनका अनुसार २१ कृषकलाई कुखुरा र ९० कृषकलाई तरकारी खेतीका लागि सहयोग गरिएको छ ।