हेटौंडा अस्पतालमा निःशुल्क स्तन तथा पाठेघरको क्यान्सर परिक्षण शिविर सुरु

छहारी संवाददाता
अशोज २, २०७६

नेपाल अर्बूृद रोग निवारण सँस्थाको आयोजनामा हेटौंडा अस्पतालमा दुइ दिने निःशुल्क स्तन तथा पाठेघरको क्यान्सर परिक्षण शिविर सुरु भएको छ ।

सँस्थाको ३७ औं स्थापना दिवसको अवसरमा आजदेखि दुइ दिने परिक्षण शिविर शुरु भएको हो ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै तिन नम्बर प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरले महिलाको अकालमै ज्यान जाने गरेको बताउनुभयो ।

उहाँले आफु बिगतमा क्यान्सरबाट पिडित भएको स्मरण गर्दै समयमै महिलाहरुले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा  बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी सुपरभाइजर अयोध्या पाठकले परिक्षणमा सहभागि हुने महिलालाई पाठेघर तथा स्तन क्यान्सरको बिषयमा सहजीकरण गर्ने जानकारी दिनुभयो  ।

सँस्थाकी मकवानपुर अध्यक्ष कपिला जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरि बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

बिहिबारसम्म चल्ने शिविरमा  बि पी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका स्वास्थ्यकर्मीहरु द्धय तारा दवाडी र मन्जु शर्माले पाठेघरको भिआइ ए परिक्षण गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*