सिविनमा आउछन् ६० प्रतिशत भन्दा बढी बालिका सम्बन्धि घटना

छहारी संवाददाता
भदौ २९, २०७६

वाल हेल्प लाइन (सिविन)मा चालु आर्थिक बर्षमा २५ जना बालबालिका सम्बन्धी बिभिन्न घटनाहरु दर्ता भएका छन ।

आज हेटौडामा पत्रकार महिलाहरुसंग अन्र्तक्रिया कार्यक्रममा यस्तो जानकारी गराइएको हो । गत आर्थिक बर्षको श्रावण देखि हाल सम्म बाल हेल्प लाइनमा दुइ सय ८२ वटा घटना दर्ता भएको सिविन बाल हेल्प लाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालिले बताउनु भयो ।

जस मध्ये ९८ वटा बालक सम्बन्धी घटना रहेका छन भने एक सय ८४ वटा घटना बालिकाको दर्ता भएको छ । बालकका ३६ प्रतिशत घटना दर्ता भए भने ६० प्रतिशत बालिकाका घटना दर्ता भए ।

सबै भन्दा धेरै एक सय १९ वटा घटना शैक्षिक सहायताको लागी दर्ता भएको ज्ञवालीले बताउनु भयो । सिविनमा बालबालीका हराएका २३ वटा घटना दर्ता भएका थिए भने १६ जनाको उद्धार गर्न सफल भएको तथ्याङकले देखाएको छ ।

यस्तै बाल बिवाह बिरुद्ध दर्ता गरीएका २७ घटना मध्ये १६ जना बालबालीकाको बाल बिवाह रोक्न सफल भएको ज्ञवालीको भनाइ छ ।

सिविनको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रमलाइ अधिबक्ता मन प्रसाद भटराइले सहजीकरण गर्नु भएको थियो ।

२०७२ सालको नेपालको संबिधानमा उल्लेख भएका पिडितको प्रकार,हक र पिडितका पनि कर्तब्य हरुका बारेमा भटराईले जानकारी गराउनु् भएको हो ।

हिंसा बिरुद्धका केहि बिषयमा कानुनि प्राबधानको बारेमा समेत भटराइले जानकारी गराउनु भएको थियो । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरिता दहालको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*