डेंगु नियन्त्रणका लागि सचेतानामुलक अन्तरक्रिया
डेंगु नियन्त्रण तथा रोकथामका लागि सरोकारवालाहरुसँग सचेतानामुलक अन्तरक्रिया हेटौडामा सम्पन्न भएको छ ।
हेटौंडाका विभिन्न वडामा फैलिएको ङेगु रोग र त्यसको रोकथामका लागि सरोकारवालाहरुलाई सचेत गराउने उदेश्यले वडा प्रहरी कार्यालय हेटौडाले अन्तरक्रियाको आयोजना गरेको हो ।
हेटौंडा उपमहानगरपालिका नगर स्वास्थ्य समन्वय इकाइका प्रमुख सुपेन्द्र कार्कीले डेंगु नियन्त्रणका लागि, उपमहानगरपालिका विभिन्न वडामा संचालन गरिएको खोजि तथा नष्ट अभियान र यसको नियन्त्रणका लागि गर्न सकिने अभ्यासका बारेमा सहजिकरण गर्नुभएको थियो ।
वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक ईश्वरी प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ थानाभर्याङका अध्यक्ष सालिकराम पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौडा वडा ४ का अध्यक्ष नविन सिग्देल, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, प्रदेश तीन स्वास्थ्य निर्देशनालयका रमेश अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि बाल कृष्ण बस्नेत, अटो रिक्सा व्यवसायी संघका केन्द्रीय सदस्य सुधिर थापा, संचारकर्मी लगायत, टोल विकास समितिका प्रतिनिधि, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो।
हेटौंडा उपमहानगरपालिका भित्र करिब ९ सय जना डेङ्गु प्रभावित भएको र ङेगु रोगी बड्दै गएकोले सचेतना अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ।