खाजा खाने पैसा जोगाएर स्टेशनरी सहयोग
हेटौंडा २ मा रहेको सिद्धार्थ मावि अंग्रेजी माध्यमका विद्यार्थीहरुले खाजा खाने पैसा जोगाएर स्टेशनरी सहयोग गरेका छन् ।
अंग्रेजी माध्यम कक्षा ९ का ६४ जना विद्यार्थीहरुले खाजा खाने पैसा जोगाएर सिद्धार्थ मावि नेपाली माध्यममा अध्ययनरत करिब ३३ जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेको कक्षा ९ का सर्वज्ञ खतिवडाले बताए ।
नेपाली माध्यममा अध्ययन गर्ने साना भाइबहिनीहरुले स्टेशनरी नभएर होमवर्क नगरेको र विद्यालयमा उपस्थिती नभएको थाहा पाएर कक्षाका साबै साथिहरु मिलि ७ दिनको खाजा खाने पैसा सहयोग गरेको अर्का विद्यार्थी श्रीपल लम्सालले बताए।
स्टेशनरी सहयोग कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईंको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा, सहायक प्रधानाध्यापक सागर खितवडा, रामशरण अधिकारी लगायत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो।