पत्रकार उपचार कोषमा चार लाख रुपैयाँ सहयोग

छहारी संवाददाता
भदौ २७, २०७६

हेटौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गरेको पत्रकार उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपचार कोषमा चार लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै मेयर महतले आफ्नो कार्यकालसम्म उपचार कोषमा थप रकम पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

व्यक्तिगत सहयोग भन्दा पनि संस्थागत रुपमा आफु सहयोग गर्न तयार रहेको भन्दै मेयर महतले पत्रकारलाई उपमहानगरपालिकाको सधै साथ रहने बताउनुभयो ।

सहयोग रकम बुझ्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले उपचार कोषमा हालसम्म नौ लाख रुपैयाँ संकलन भएको जानकारी दिनुभयो ।

यसअघि उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालबाट २ लाख रुपैयाँ र शिवम सिमेन्ट उद्योगबाट ३ लाख रुपैयाँ सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।

मकवानपुरका पत्रकार गम्भिर रुपमा बिरामी भए उपचार कोषको व्याज रकमबाट सहयोग गर्ने गरी कोषको स्थापना गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश तीनका महासचिव कृष्ण सारुमगर, उपचार कोषका संयोजक तथा महासंघ मकवानपुरका उपाध्यक्ष सरिता दाहाल, अर्का उपाध्यक्ष कुमार अधिकारी, सचिव गणेश दर्पण अधिकारी, कोषाध्क्ष सुदिप सिवाकोटी लगायत कार्यसमिती सदस्य तथा विभिन्न संचार माध्यममा कार्यरत संचाकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*