जिल्ला स्वास्थ्य कार्यालय मकवानपुलाई डेंगु परिक्षण कीट हस्तान्तरण

छहारी संवाददाता
भदौ २७, २०७६

हेटौंडा उपमहानगरपालिकाले जिल्ला स्वास्थ्य कार्यालय मकवानपुलाई ३ सय ३३ ओटा डेंगु परिक्षण कीट हस्तान्तरण गरेको छ ।

जिल्लामा डेंगु संक्रमितको संख्या बढ्दै जाँदा परिक्षण किटको अभाव भएकाले जिल्ला स्वास्थ्य कार्यालयलाई किट हस्तान्तरण गरिएको उपमहानगरपालिका प्रमुख हरिवहादुर महतले बताउनुभयो ।

उपमहानगरपालिकामा पत्रकारहरुका बिच प्रमुख महतले जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन राजकुमार ईटेनिलाई ३ सय ३३ ओटा डेंगु परिक्षण कीट हस्तान्तरण गर्नु भएको हो ।

यसैबीच, मकवानपुरमा डेंगु संक्रमितको संख्या ८ सय ६८ पुगेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

पछिल्लो समय डेंगुको संक्रमण रोक्न सर्वसाधारणबाट छर्ने औषधिको माग हुन थालेको तर औषधि छर्ने विधि उपयुक्त नभएको कार्कीले बताउनुभयो ।

औषधी छर्दा श्वासप्रश्वास सम्बन्धि समस्या भएका व्यक्तिलाई प्रत्यक्ष असर गर्ने उहाँको भनाई छ । उपमहानगरपालिकाले भोली टोलहरुमा सरसफाइ तथा स्थानियको उपस्थितिमा डेंगु संक्रमण सम्बन्धि अन्तरक्रिया गर्ने भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*