इसेवा तथा डिजिटल सूचना पाटीको सुरुवात(फोटोहरु)
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आज देखि इसेवा तथा डिजिटल सूचना पाटीको सुरुवात गरेको छ ।
बोर्डको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डिजिटल सूचना पाटीको उद्घाटन गर्नुभएको हो ।
उपभोक्ताले सहजै सूचना प्राप्त गरुन भन्ने उदेश्यले डिजिटल सूचना पाटीको व्यवस्था गरिएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकार दिनुभयो ।
अब ग्राहकले खानेपानी महशुल इसेवाबाटै भुक्तानी गर्न सक्ने छन् भने डिजिटल सूचना पाटीबाट बोर्डका गतिविधि, आम्दानी, खर्च तथा बचतका बारेमा सजिलै जानकारी लिन पाउने अध्यक्ष विष्टले बताउनुभयो।
प्रत्येक महिनाको १० गते अघिल्लो महिनाको विवरण सूचना पाटीमा राखिने र ४र४ महिनामा पत्रकार सम्मेलन गरी जानकारी गराउने भन्दै उहाँले बोर्डका गतिविधि पारदर्शी बनाउ यो प्रविधिको सुरुवात गरिएको बताउनुभयो ।
यस्तै बोर्डका फिल्ड र मिटर रिडिङमा खटिने कर्मचारीहरुका लागि आजदेखि हेटौडा खानेपान व्यवस्थापन बोर्ड लेखिएको ज्याकेटको पनि व्यवस्था गरिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले आर्थिक वर्ष २०७५/७६ को प्रगती विवरण तथा आर्थिक वर्ष ७६/७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर हरी प्रसाद पराजुली, बोर्डका सदस्य इन्द्र प्रसाद नेपाल, नेपाल पत्रकार महासंघ प्रदेश तीनका महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई,इसेवाका प्रतिनिधी विक्रम मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।