शिक्षामन्त्री पोखरेल हेटौंडा आउँदै

छहारी संवाददाता
भदौ २७, २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल आज हेटौंडा आउँदै हुनुहुन्छ ।

प्रादेशिक अन्तक्रिया कार्यक्रम र मकवानपुरका २ वटा विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी हुन उहाँ हेटौडा आउन लाग्नुभएको हो ।

सामाजिक विकास मन्त्रालय प्रदेश तीनको आयोजनामा हुने ‘सामुदायिक विद्यालयहरुको शैंक्षिक गुणस्तर सुदृढिकरण’ विषयक प्रादेशिक अन्तक्रिया कार्यक्रम र मकवानपुरका २ वटा विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल हेटौंडा आउन लाग्नु भएको हो ।

मन्त्री पोखरेलको आज अपरान्ह ४ बजे पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रम रहेको जनाइएको छ । साँझ ७ बजे प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौंडलसँग भेटघाटको कार्यक्रम रहेको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिनुभयो ।

यस्तै भोलि बिहान ८ बजे मन्त्री पोखरेल कैंलाश गाउँपालिकाको नामटार पुग्नुहुने कार्यक्रम रहेको छ  । नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा सहभागी भएपछि उहाँ प्रदेश तीनको सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने ‘सामुदायिक विद्यालयहरुको शैंक्षिक गुणस्तर सुदृढिकरण’ विषयक प्रादेशिक अन्तक्रिया कार्यक्रममा सहभागी हनुहुनेछ ।

मन्त्री पोखरेलले भोली दिउँसो २ बजे हेटौंडा उपमहानगरपालिका १६ हटियामा रहेको जनप्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्नुहुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*