बेलारुसका राजदुत हेटौंडामा

छहारी संवाददाता
भदौ २७, २०७६

मकवानपुर  उद्यो वाणिज्य संघले बेलारुसका राजदुत ऐन्ड्रेई रेजिस्कीलाई  हेटौंडामा स्वागत गरेको छ ।

बेलारुसका काउन्सीलर रहेका व्यवसायी तथा समाजसेवी अजयराज सुमार्गीसँग आज हेटौंडा आउनु भएका राजदुत रेजिस्कीलाई संघले एक कार्यक्रमका बीच स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा बोल्दै राजदुत रेजिस्कीले नेपाल सम्भावनाले भरिएको देश भएकोले आफुहरु मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो ।

उहाँले एम्बेसिले पुलको मात्रै काम गर्ने भन्दै बेलारुसको व्यापारी र नेपालको व्यापारिबिच सुमधुर सम्बन्ध स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा व्यवसायी अजयराज सुमार्गिले बेलारुस कृषिमा धेरै अगाडि बढेको देश भएकोले मिलेर काम गर्दा नेपालको व्यापार व्यवसायसंगै कृषि प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले लगानी गर्न हेटौंडा उपयुक्त ठाउँ भएको भन्दै राजदुत रेजिस्कीलाई हेटौंडामा लगानीका बेलारुसका व्यापारीलाइ आकर्शित गर्न आग्रह गर्नुभयो ।

मउवा संघका अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासङ्गका केन्द्रीय सदस्य अरुण राज सुमार्गी, सङ्गका पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल, संघका महासचिव प्रमोद सिंह रानाभाट लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*