मकवानपुरका करिब १९ वटा सहकारीहरू सामाजिक सुरक्षा कोषमा दर्ता
योगदानमा आधारित सामाजिक सुरक्षा कोष अभिमुखिकरण कार्यक्रम आज हेटौडामा सम्पन्न भएको छ।
नेफ्स्कुनको आयोजनामा सञ्चालित अभिमुखिकरण कार्यक्रममा सामाजिक सुरक्षा कोषका अधिकृत आभित अन्सारिले सामाजिक सुरक्षा कोषको महत्व उपयोगिता तथा आवश्यकता भन्ने विषयमा अभिमुखिकरण गर्नुभएको थियो ।
मकवानपुरका करिब १९ वटा सहकारीहरू सामाजिक सुरक्षा कोषमा दर्ता भईसकेका छन ।
कोषमा दर्ता हुने समय करिव डेढ महिना मात्र बाँकि रहेकाले सो सम्वन्धमा कोषबाट प्रत्येक जिल्लाका संघ संस्था उद्योगहरू कोषमा सहभागी गराउने सरकारी नीति अनुरूप जिल्लामा सामाजिक सुरक्षा कोषको कार्यक्रम सुरू भएको हो ।
कार्यक्रममा लघुवित्त तथा उद्यमशिलता विकास उपसमिति सदस्य विजय बहादुर बस्नेत, उद्यमशिलता विकास समिति संचालक सदस्य बिमला गोपाली लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम नेफ्स्कुनका केन्द्रीय महासचिव चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।